संघीयता पूर्ण कार्यान्वयनमा आउन सकेन : राष्ट्रियसभा अध्यक्ष

हिमाल प्रेस २५ पुष २०८० २०:४३ | Wednesday, January 10, 2024
संघीयता पूर्ण कार्यान्वयनमा आउन सकेन : राष्ट्रियसभा अध्यक्ष

चितवन- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्त्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन्।

सञ्चारकर्मीसँग चितवनमा आज (बुधबार) कुराकानी गर्दै उनले संघीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए।

‘हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि संघीयता पूर्णरूपमा कार्यान्वयनमा आउँछ,’ उनले भने। स‌ंघीयताका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए।

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए। ‘शिक्षा ऐन छलफलको क्रममा रहेको छ,’ उनले भने।

प्रकाशित: २५ पुष २०८० २०:४३ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast