माधव नेपाल भन्छन् : कांग्रेसले भनेको समाजवाद काल्पनिक

हिमाल प्रेस २५ पुष २०८० १५:२२ | Wednesday, January 10, 2024
माधव नेपाल भन्छन् : कांग्रेसले भनेको समाजवाद काल्पनिक माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन्। बुधबार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने बताए।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ,’ उनले भने, ‘हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेपालको राजनीतिमा अहिले सबभन्दा खतरनाक प्रवृत्ति (प्रतिगामी) हरुले टाउको उठाएको बताए। ‘इतिहासको रथलाई पछाडि धकेल्ने, राजालाई फर्काएर ल्याउने’, अध्यक्ष नेपालले भने, ‘राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले किन फाल्यौ। यसबारेमा राम्ररी चिन्तन गर्नुभयो भने बुझ्नुहुन्छ।’

उनले हिजो राजा नभए राष्ट्रियता कमजोर हुन्छ भन्ने समय भए पनि अहिले त्यो अवस्था नरहेको बताए।

प्रकाशित: २५ पुष २०८० १५:२२ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast