राप्रपाले आयोजना गरेको कविता प्रतियोगिताका उत्कृष्ट प्रतियोगी सार्वजनिक

हिमाल प्रेस २५ पुष २०८० ८:४३
16
SHARES
राप्रपाले आयोजना गरेको कविता प्रतियोगिताका उत्कृष्ट प्रतियोगी सार्वजनिक

काठमाडौँ- पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आह्वान गरेको ४० वर्षमुनिका युवा कविता प्रतियोगिताको बिजेता छनौट भएका छन्।

राप्रपाले गत मंसिर २७ गते पुस १५ गतेसम्मको समयसीमा तोकेर ३०२ औं पृथ्वी जयन्तीको अवसरमा ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगिताको खुल्ला आह्रान गरेको थियो।

३०५ सर्जकले दिएको निवेदनमध्ये उमेश पुन मगर (रुकुम पश्चिम) प्रथम, सुभाष खनाल (कपिलबस्तु) द्वित्तीय, सिजन श्रेष्ठ (संखुवासभा) तृत्तीय भएका छन्। यस्तै, अविरल डीसी (दाङ), निरुता बुढाथोकी (म्याग्दी) र प्रविण बुढाथोकीलाई प्रोत्साहनमा छानिएका छन्।

उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वविमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए।

प्रथम पुरस्कार एक लाख रुपैयाँ, द्वितीय पुरस्कार पचास हजार रुपैयाँ, तृत्तीय पुरस्कार पच्चीस हजार रुपैयाँ र तीन जना प्रत्येकलाई प्रोत्साहन पुरस्कार वापत दस हजारका दरले आगामी पौष २७ गते हुने काठमाडौंको भृकुटी मण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने राप्रपाले जनाएको ।

यी हुन् प्रतियोगी
क्रसं प्रतियोगी कविको नाम ठेगाना कविताको शीर्षक योग्यताक्रम
१, उमेश पुन मगर रुकुम पश्चिम देशभित्र देखेको देश प्रथम
२. सुभाष खनाल कपिलवस्तु पृथ्वीनारायण दोस्रो
३. श्री सिजन श्रेष्ठ संखुवासभा पृथ्वीको यात्रामा पृथ्वी तृतीय
४, श्री अविरल डि।सी। दाङ्ग बाँचौ नेपाली बनी प्रोत्साहन
५, निरुता बुढाथोकी म्याग्दी ए मेरा सन्तति हो १ प्रोत्साहन
६, श्री प्रविण अधिकारी लमजुङ्ग बडामहाराजलाई पत्र प्रोत्साहन

प्रकाशित: २५ पुष २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast