जनताले कुनै राजा वा महाराजा स्वीकार्दैन : माधव नेपाल

हिमाल प्रेस २३ पुष २०८० २१:४१
10
SHARES
जनताले कुनै राजा वा महाराजा स्वीकार्दैन : माधव नेपाल माधवकुमार नेपाल।

पर्सा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन्।

नेकपा ९एकीकृत समाजवादी० पर्साद्वारा आज (सोमबार) यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताएका हुन्।

‘हामीले संद्दर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो,’ उनले भने, ‘अब गणतन्त्रलाई कसैले मास्न सक्दैन।’ संविधानमा केही त्रुटि भएको र त्यसमा सुधार ल्याएर अघि बढ्नु जरुरी रहेको उनले बताए।

प्रकाशित: २३ पुष २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast