मलेसिया- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य सत्तामा रहेका पार्टीहरू सच्चिनु पर्ने नत्र सक्किनु पर्ने बताएका छन्। प्रवासी नेपाली एकता समाज ९पानस० मलेसियाको दोस्रो अधिवेशनलाई मलेसियामा सम्बोधन गर्दै उनले देशको विकास गर्नुको साटो भ्रष्टाचारमा तल्लिन रहेको बताएका हुन्।
‘अहिले भएका सबै ठूला भ्रष्टचारहरूमा यिनै पार्टी नेतृत्व मिलेमतोमा भइरहेको छ,’ उनले भने, ‘यिनीहरूको र यिनीहरूको आफ्न्तहरूको सम्पत्ति छानबिन गरी जफत गरिनुपर्छ। भ्रष्टाचार गरेर खानु आफ्नै आमाको रगत खानु सरह हो।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकका रूपमा राजा ल्याउनुपर्ने र प्रदेश खारेज गर्नुपर्ने बताए।
यस्तै उनले वैदेशिक रोजगारीमा मलेसिया आउन नेपालमा गरेको स्वास्थ्य परीक्षण पुनस् मलेसिया किन गरिनु पर्नेरु मलेसियामा स्वास्थ्य परीक्षण फेल भएर नेपाल फर्किनु पर्ने किनरुलगायतका प्रश्नहरू गरेर मलेसियाका नेपाली राजदूतको ध्यानाकर्षण गराए। साथै उनले मलेसियामा बिरामी परेर नेपाल फर्कनु पर्ने भिसाविहीन नेपालीले पनि तुरुन्तै फर्कन पाउने व्यवस्था मिलाउन पनि राजदूतको ध्यानाकर्षण गराए।