प्रस्तावक र समर्थक नपाउँदा तीन प्रदेशमा टुंगिएन राप्रपाका उम्मेदवार

हिमाल प्रेस २२ पुष २०८० १८:३९
46
SHARES
प्रस्तावक र समर्थक नपाउँदा तीन प्रदेशमा टुंगिएन राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देन

काठमाडौँ- प्रस्तावक र समर्थक नपाउँदा तीन वटा प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाउन सकेको छैन । राप्रपाले मधेश, कर्णाली र सुदूरपश्चिममा उम्मेदवार टुंग्याउन नसकेको हो।

‘समर्थक र प्रस्तावक पाउन नसकेपछि उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन,’ राप्रपाका एक नेताले भने। मधेश प्रदेश सभामा राप्रपाका एक मात्र सदस्य छन्।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवारको भने टुंगो लगाएको छ। कोशी प्रदेशमा उद्धव पौडेल, बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

प्रकाशित: २२ पुष २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast