व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

हिमाल प्रेस ९ पुष २०७९ १०:२२ | Saturday, December 24, 2022
व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ।

स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक पमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन्।

नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार संघीय सरकारको सर्शत अनुदान रु २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो।

नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमूना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुको बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो।

उनका अनुसार आलु उत्पादन गर्न दुई वटा ट्र्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको छ। स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट एक हजार पाँच सय किलो आलु ल्याएर बीउ उत्पादन थालेको घिमिरेले जानकारी दिए।

प्रकाशित: ९ पुष २०७९ १०:२२ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast