टुटलका संस्थापक भट्ट हाजिरी जमानीमा रिहा

हिमाल प्रेस २२ पुष २०८० १७:३६
14
SHARES
टुटलका संस्थापक भट्ट हाजिरी जमानीमा रिहा

काठमाडौँ- राइड सेयरिङ कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्ट रिहा भएका छन्। आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेपछि उनी हाजिरी जमानीमा रिहा भएका हुन्।

‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादी विरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०–१–००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०।०६।२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिंदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ’ अदालतको आदेशमा भनिएको छ।

भट्टमाथि टुटल बिक्री गर्दा आएको रकम साझेदारहरूलाई नदिएको आरोप छ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

प्रकाशित: २२ पुष २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =