काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश भोलि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठकको मिति सारिएको जानकारी दिएका छन्।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: २१ पुष २०८० १२:१८
प्रतिक्रिया