कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए।
राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गर्ने दिन पुस २३ नजिकिँदै गर्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।
प्रकाशित: २१ पुष २०८० ८:०९ | Saturday, January 6, 2024
प्रतिक्रिया




