ललितपुरको सीडीओमा तुलसीप्रसाद श्रेष्ठ

हिमाल प्रेस २० पुष २०८० २०:१३ | Friday, January 5, 2024
ललितपुरको सीडीओमा तुलसीप्रसाद श्रेष्ठ

काठमाडौँ- ललितपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा तुलसीप्रसाद श्रेष्ठलाई पठाइएको छ। गृह मन्त्रालयले शुक्रबार उनलाई ललितपुरको सीडीओ बनाएर पठाएको हो।

बालकुमारी घटनापछि यसअघिका सीडीओ रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको थियो।

त्यस्तै ललितपुरको प्रहरी प्रमुखमा एसपी शेखर खनाललाई पठाइएको छ। यसअघिका प्रमुख एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्कोअगाडि पुस १३ गते भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु घटनामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले सीडीओ पण्डित र एसएसपी शाहको सरुवा गरेको थियो।

प्रकाशित: २० पुष २०८० २०:१३ | Friday, January 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast