टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

हिमाल प्रेस २० पुष २०८० १३:२०
144
SHARES
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौँ- राइड सेयरिङ कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो। प्रहरीले सोही आरोपको आधारमा बिहीबार राति भट्टराई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीमा परेको उजुरीमा भट्टले टुटल एक करोड रुपैयाँमा बिक्री गरेको तर उक्त रकम साझेदारहरूलाई नदिएको पाइएको छ। पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौँ प्रहरीले म्याद थपका लागि जिल्ला अदालत पुर्‍याएको छ। टुटल नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी हो।

प्रकाशित: २० पुष २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =