छत्रबहादुर थापाको योगदान अनुशरणयोग्य : प्रधान सेनापति शर्मा

हिमाल प्रेस ८ पुष २०७९ २०:०९ | Friday, December 23, 2022
छत्रबहादुर थापाको योगदान अनुशरणयोग्य : प्रधान सेनापति शर्मा

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनामा रथीको जिम्मेवारीबाट सेवानिवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन्। छत्रबहादुर थापा स्मृति ट्रष्टले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्‍याएको योगदान, दोस्रो विश्वयुद्धकालमा देखाएको साहसलगायत उनको योगदान भुल्न नहुने शर्माको भनाइ छ। ‘राष्ट्र निर्माण र समाजसेवामा पुर्‍याएको उहाँले पुर्यउनुभएको योगदानको कदर गर्नुपर्छ। देशप्रतिको उहाँको लगाव अनुशरण गर्नुपर्छ,’ शर्माले भने।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री कमल थापाले उनको योगदानको संस्मरण गर्दै राष्ट्र निर्माणमा उनले पुर्‍याएको योगदानलाई चिरस्थायी राख्ने उद्देश्यले ट्रष्ट स्थापना गरिएको जानकारी दिए। ट्रष्टका अध्यक्ष अध्यक्ष नेत्रबहादुर थापाले छत्रबहादुरले सैनिक सेवामा रहँदा दोस्रो विश्वयुद्धमा सहभागी भई देखाएको साहस, कान्ति लोकपथ निर्माणमा गरेको योगदान, मुलुकमा पहिलो पटक सेनामा भक्तपुरमा ब्यारेकको अवधारणालगायतका योगदानको स्मरण गरे।

कार्यक्रममा खेलकुदका माध्यमबाट देशलाई योगदान गरेकोमा नेपाली फुटबलका अन्जन विष्ट र भारत्तोलन खेलका कमल अधिकारीलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

प्रकाशित: ८ पुष २०७९ २०:०९ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast