फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन्। आफूविरुद्ध झुट प्रचार गरेकोभन्दै लामिछानेले काठमाडौँ जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन्।
लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा पनि संलग्न नरहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा तारिख पर्चासहित सार्वजनिक गरेका रविले आफू जीवनभर प्रेस स्वतन्त्रताका पक्षमा लड्ने उद्घोष गरेका छन्।
‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु’ उनले भनेका छन्।
प्रकाशित: १७ पुष २०८० १५:२१ | Tuesday, January 2, 2024
प्रतिक्रिया



