अग्रज पत्रकार पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

हिमाल प्रेस १७ पुष २०८० १३:४६
40
SHARES
अग्रज पत्रकार पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ- अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। सोमबार बिहान १०ः३० बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८७ वर्षको उमेर निधन भएका पोखरेलको आज पशुपतिस्थित विद्युतीय शवदाहगृहामा अन्त्येष्टि गरिएको हो।

पोखरेलका छोरा अनुप अस्ट्रेलियाबाट सोमबार राति काठमाडौँ आइपुगेपछि पत्रकार पोखरेलको मंगलबार अन्त्येष्टि गरिएको हो। त्यसअघि उनलाई शिक्षण अस्पतालबाट विशालनगरस्थित घरमा ल्याइएको थियो।

पत्रकार पोखरेललाई छोरा अनुपले दागबत्ती दिए। पोखरेलको पार्थिव शरीरमाथि राष्ट्रिय मानवअधिकार आयोगले झण्डा ओढाएर श्रद्धाञ्जली दियो। पोखरेल मानवअधिकार आयोगका पूर्वसदस्य थिए। पोखरेललाई श्रद्धाञ्जली दिन पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पोखरेलले नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव, पूर्वअध्यक्ष, राष्ट्रिय समाचार समितिको रिपोर्टर, कायममुकायम महाप्रबन्धक, गोरखापत्रको प्रधानसम्पादक, मुना (बालपत्रिका)मासिक, द राइजिङ नेपालको सम्पादक, आर्य समाजको अध्यक्ष जस्ता विभिन्न भूमिकामा रहेर देशको सेवा गरेका थिए।

पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी रोषबाट पीडित थिए। उनका श्रीमती रञ्जना, दुई छोरीहरू रोशन, सुसन र छोरा अनुप छन्।

याे पनि 

शालीन पत्रकार गोकुल पोखरेलसँगका ती दिन

प्रकाशित: १७ पुष २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =