बालविवाहको सूचना दिनेलाई २५ हजार!

हिमाल प्रेस १६ पुष २०८० २०:५५
14
SHARES
बालविवाहको सूचना दिनेलाई २५ हजार!

प्युठान- प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ। गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने  कार्यक्रम तय गरिएको जानकारी दिए। गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

‘बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ,’ उनले भने। बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य  राखिने अध्यक्ष शाहले बताए।

प्रकाशित: १६ पुष २०८० २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast