बेसहारा नागरिकलाई राज्यले संरक्षण गर्नुपर्छ : उपसभामुख

हिमाल प्रेस १६ पुष २०८० २०:४३ | Monday, January 1, 2024
बेसहारा नागरिकलाई राज्यले संरक्षण गर्नुपर्छ : उपसभामुख इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्नेमा जोड दिएकी छन्।

सडक आश्रित मानवरहित नेपालको लक्ष्यसहित सुनसरीको इटहरीबाट सञ्चालित ‘माया घर, नेपाल’ को राष्ट्रिय अभियानको थालनी गर्न आज (सोमबार) काठमाडौँमा आयोजित मानवता प्रवर्द्धन विषयक कार्यशालामा उपसभामुख रानाले सामाजिक क्षेत्रबाट बेसहारा नागरिकका लागि हुँदै आएको सहयोगको प्रशंसा गरिन्। उनले स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले मानवता नै धर्म भएकाले विभिन्न बाध्यताले सडकमा जीवन बिताउन विवशहरूका लागि सहयोग गर्नु सरकार र हरेक नागरिकको कर्तव्य भएको बताए।

‘माया घर नेपाल’ अध्यक्ष सुभद्रा प्याकुरेलले बेसहारा नागरिकलाई संरक्षणका साथै सीप सिकाएर उनीहरूको पुनः जीवन र परिवारमा पुनः मिलनका लागि आफूहरूले विगत ७ वर्षदेखि कार्य गर्दै आएको जनाइन्।

सो संस्थामा हालसम्म ६२ जिल्लाका आठ हजार बढीले सेवा लिइसकेका छन्। हाल एक सय ४२ जना आश्रित छन्।

प्रकाशित: १६ पुष २०८० २०:४३ | Monday, January 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast