काठमाडौँ– काठमाडौँमा धोती दिवस मनाउन माइतीघर क्षेत्रमा पुगेका जनमत पार्टीका नेता कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गर्यो। निषेधित क्षेत्रमा पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूलाई प्रहरीले प्रहरी क्लब भृकुटीमण्डपमा लगेर राखेको थियो। अहिले उनीहरूलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ पुगेर छुटाएका छन्।
अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए। निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो। सो क्रममा प्रहरीसँग उनीहरूको धकेलाधकेल भएको थियो।
प्रकाशित: १६ पुष २०८० १५:२० | Monday, January 1, 2024
प्रतिक्रिया





