राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोर्दी करिडोरको ७३ मेगावाट बिजुली

हिमाल प्रेस ८ पुष २०७९ १४:४७ | Friday, December 23, 2022
राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोर्दी करिडोरको ७३ मेगावाट बिजुली

काठमाडौँ– लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२.८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै निर्माण सम्पन्न भएका चार आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले दोर्दी खोलामा निर्माण सम्पन्न तीन आयोजना र चेपोखोलामा निर्माण भएको एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए।

हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी-१ र ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

प्रकाशित: ८ पुष २०७९ १४:४७ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast