काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रंकलाइनमा देखिएको विवाद समाधान गर्न आग्रह गरेका छन्। दोलखाको चरिकोटमा शुक्रबार सुरू भएको दोलखा महोत्सवको उद्घाटन समारोहमा अध्यक्ष ढकालले डेडिकेटेड र ट्रंकलाइनको विवादले व्यवसायीहरूको मनोबल घटेको बताएका हुन्।
यस्तो विवादले मुलुकमा लगानीको वातावरण थप बिग्रने ढकालको भनाइ छ। उनले भने, ‘नेपाल विद्युत प्राधिकरण र व्यवसायीबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन्छ। त्यसैले उच्चस्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्नुपर्छ।’ अध्यक्ष ढकालले अर्थतन्त्र बिस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसका लागि सरकारले सबैको आत्मविश्वास बढाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताए।
प्रकाशित: १३ पुष २०८० १७:४३ | Friday, December 29, 2023
प्रतिक्रिया


