बालकुमारी घटना छानबिन गर्न र युवाले उठाएको मागका विषयमा गम्भीर बन्न कांग्रेसको माग

हिमाल प्रेस १३ पुष २०८० १६:३३ | Friday, December 29, 2023
बालकुमारी घटना छानबिन गर्न र युवाले उठाएको मागका विषयमा गम्भीर बन्न कांग्रेसको माग कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- शुक्रबार ललितपुरको इपिएस अगाडि भएको प्रदर्शनका क्रममा दुई जना मारिएपछि उक्त घटनाका सम्बन्धमा छानबिन गर्न सत्ता साझेदार दल कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेसका प्रवक्ता मीन बहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै मन्त्री सवार गाडीमा आगजनी हुनु, प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा मृत्यु हुनु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेस ध्यानाकृष्ट भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।

‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिलसमेत गरेको छ।

प्रकाशित: १३ पुष २०८० १६:३३ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast