घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति?

हिमाल प्रेस १३ पुष २०८० ११:२१ | Friday, December 29, 2023
घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै शुक्रबार तेजाबी सुनको मूल्य पनि घटेको छ। बिहीबार एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार एक हजार ४९० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ४५ रुपैयाँले घटेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १३ पुष २०८० ११:२१ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast