एकीकृत समाजवादीका अधिकांश नेता ७० बर्से उमेर हदको विपक्षमा

हिमाल प्रेस १३ पुष २०८० ६:५८ | Friday, December 29, 2023
एकीकृत समाजवादीका अधिकांश नेता ७० बर्से उमेर हदको विपक्षमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन्।

बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन्।

बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्न आज पनि बैठक बस्दैछ।

प्रकाशित: १३ पुष २०८० ६:५८ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast