बाँकेमा सकेट बम फेला

हिमाल प्रेस १२ पुष २०८० १४:५९ | Thursday, December 28, 2023
बाँकेमा सकेट बम फेला

बाँके- बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ। मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज सकेट बम फेला परेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा बम फेला पारेको हो।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झन्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो। अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारेको पोखरेलले जानकारी दिए।

प्रकाशित: १२ पुष २०८० १४:५९ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast