एयर अरेबियाले गर्‍यो काबुलमा दैनिक उडान गर्ने घोषणा

हिमाल प्रेस ११ पुष २०८० २१:०३ | Wednesday, December 27, 2023
एयर अरेबियाले गर्‍यो काबुलमा दैनिक उडान गर्ने घोषणा

दुबई (रासस/एएफपी)- एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ। यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो एयरलाइन बनेको छ। शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ।

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि गत महिना फ्लाई दुबई अफगानिस्तानमा उडान सुरु गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बनेको थियो। सर्वसाधारणको सामूहिक उद्धारका क्रममा काबुल विमानस्थलमा भद्रगोल अवस्था बनेको थियो। विमानस्थल परिसरमै आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको मृत्यु भएको थियो।

काबुल विमानस्थलको पूर्ण सञ्चालनलाई अफगानिस्तानको बिग्रिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण मानिएको छ।

फ्लाई दुबईबाहेक अफगानिस्तानको काम एयर र एरियाना अफगान एयरलाइन्सले काबुलबाट दुबई, मस्को, इस्लामाबाद र इस्तानबुललगायत गन्तव्यमा सीमित उडान भर्दै आएका छन्।

गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जीएएसीले अफगानिस्तानको हवाई यातायात व्यवस्थापनका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

प्रकाशित: ११ पुष २०८० २१:०३ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast