एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

हिमाल प्रेस ११ पुष २०८० ६:३१ | Wednesday, December 27, 2023
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरमा छलफल हुनेछ।

महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले बताएका छन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन्।

प्रकाशित: ११ पुष २०८० ६:३१ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast