जसपा बैठक : सांगठनिक प्रस्तावमाथि छलफल

हिमाल प्रेस १० पुष २०८० २१:०७ | Tuesday, December 26, 2023
जसपा बैठक : सांगठनिक प्रस्तावमाथि छलफल

काठमाडौँ- जनता समाजवादी पार्टी, (जसपा) नेपालको आज (मंगलबार) बसेको बैठकमा सांगठनिक प्रस्तावउपर छलफल भएको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो। खास गरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ।

प्रकाशित: १० पुष २०८० २१:०७ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast