‘कला’बाट इरफानका छोरा बाबिलको बलिउड डेब्यु

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:१८ | Wednesday, November 16, 2022
‘कला’बाट इरफानका छोरा बाबिलको बलिउड डेब्यु

काठमाडौँ- हिन्दी फिल्म ‘कला’को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्मबाट प्रसिद्ध अभिनेता इरफान खानका छोरा बाबिलले बलिउडमा डेब्यु गरेका छन्।

सन् २०२० मृत्यु भएका इरफानका प्रशंसक उनको छोरालाई फिल्ममा हेर्न व्यग्र थिए। प्रशंसकको प्रतीक्षा सकिएको छ। बाबिलको पहिलो फिल्म ‘काला’को ट्रेलर बाहिरिएको छ।

लगभग २ मिनेट लामो ट्रेलरमा बाबिलसँगै अभिनेत्री तृप्ति डिमरी पनि अटाएकी छन्। फिल्ममा बाबिल र तृप्ति मुख्य भूमिकामा रहेका छन्।

अभिनेत्री अनुष्का शर्माको प्रोडक्सन कम्पनी ‘क्लिन स्लेट फिल्म्स’ले निर्माण गरेको फिल्म नेटफ्लिक्समा डिसेम्बर १मा रिलिज हुनेछ।

सन् १९३०–४० को दशकको कथा ट्रेलरमा हेर्न सकिन्छ। जसमा तृप्तिले गायिकाको भूमिका निर्वाह गरेकी छन्। ट्रेलर बाहिरिएपछि बलिउड कलाकारदेखि दर्शकले बाबिलको अभिनयको प्रशंसा गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ४:१८ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast