प्रधानमन्त्रीले बेलुका ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

हिमाल प्रेस १० पुष २०८० ७:३३ | Tuesday, December 26, 2023
प्रधानमन्त्रीले बेलुका ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले दिउँसो ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि ३ बजेलाई तय भएको सम्बोधन २ घण्टा पछि सरेर ५ बजेसम्म पुगेको हो । सम्बोधन मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट हुनेछ।

प्रधानमन्त्री प्रचण्डले शनिवार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको दिन नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्ने बताएका थिए। अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उनले बताए।

गत वर्षको पुस १० गते प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

प्रकाशित: १० पुष २०८० ७:३३ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast