काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ। बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ।
पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो। त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
प्रकाशित: १० पुष २०८० ७:२३ | Tuesday, December 26, 2023
प्रतिक्रिया




