पर्वतमा लाटोकोसेरो उत्सव हुँदै

हिमाल प्रेस ९ पुष २०८० २१:३० | Monday, December 25, 2023
पर्वतमा लाटोकोसेरो उत्सव हुँदै काठबाट बनाइएको लाटोकोसेरोको आकृति।

पर्वत- पर्वतको जलजला गाउँपालिका-५, फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ। आगामी माघ १९ र २० गते लोप्रे-फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो।

प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने भएको छ। स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसेरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए।

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक आचार्यले बताए। उनका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटो कोसेरो उत्सवमा लाटो कोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटोकोसेरोको नमुना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन्। पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए। रासस

प्रकाशित: ९ पुष २०८० २१:३० | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast