पोखरामा राखियो पूर्वराजा वीरेन्द्रको सालिक

हिमाल प्रेस ९ पुष २०८० १५:०७ | Monday, December 25, 2023
पोखरामा राखियो पूर्वराजा वीरेन्द्रको सालिक

पोखरा– पोखरा महानगरपालिका वडा १०, वीरेन्द्रचोकमा गएराति पूर्वराजा वीरेन्द्र शाहको सालिक पुन:स्थापना गरिएको छ। दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा आन्दोलनकारीले त्यसबेला वीरेन्द्रको साालिक भत्काइदिएका थिए।

हाल करिब २५ लाख रुपैयाँ लागतमा उनको पूर्णकदको सालिक पुन:स्थापना गरिएको हो। ८ फिट अग्लो सालिक ढलोटबाट निर्मित रहेको निर्माण समिति सचिव एवं राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए।

२०५९ सालमा शिक्षासेवी तथा समाजसेवी क्षेत्रबहादुर केसीको पहलमा त्यस ठाउँमा सालिक राखिएको थियो। त्यसको ४ वर्षपछि भत्काइएपछि स्थानीय मनवीर गुरुङ ढासाको संयोजकत्वमा समिति गठन गरिएको थियो।

९१ वर्षीय मनवीरकै पहलमा विभिन्न समिति गठन हुँदै अहिले नेपाली सेनाका अवकाशप्राप्त मेजर गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा सालिक निर्माण समिति गठन गरिएको थियो।

उक्त समितिका सचिव गिरीले निर्माणमा पोखरा वडा १० को स्वीकृति एवं स्थानीयवासीको मागबमोजिम पूर्व राजा वीरेन्द्रको सालिक पुन:स्थापना गरिएको हो। सालिक पुन:स्थापना गरिए पनि रंगरोगन लगायतको कार्य बाँकी छ।

प्रकाशित: ९ पुष २०८० १५:०७ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast