विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न अध्यक्ष नेपालको आग्रह

हिमाल प्रेस ८ पुष २०८० १८:४३ | Sunday, December 24, 2023
विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न अध्यक्ष नेपालको आग्रह फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

शङ्खरापुर नगरपालिका–१ स्थित चाँपाबोट मावि भवनको आज अनुगमनका क्रममा उनले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको जनाउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सृजनशील कार्यमा आत्मविश्वास बढ्ने बताए।

अध्यक्ष नेपालले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्यापक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाललगायत शिक्षक तथा वडाध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुङ्गानाले विद्यालयको गतिविधि बारेमा जानकारी गराएका थिए। विसं २०७२ को विनाशकारी भूकम्पले क्षति भएको विद्यालयको केही भाग मर्मत तथा पुनः निर्माणसमेत गरिएको छ।

प्रकाशित: ८ पुष २०८० १८:४३ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast