भोलि बस्ने गरी सकियो शीर्ष नेताको बैठक

हिमाल प्रेस ८ पुष २०८० १३:५४ | Sunday, December 24, 2023
भोलि बस्ने गरी सकियो शीर्ष नेताको बैठक

काठमाडौँ– सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेत सहभागी थिए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा विचाराधीन अवस्थामा छ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी सरकारको छ। त्यसका लागि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको सरकारले बताउँदै आएको छ।

प्रकाशित: ८ पुष २०८० १३:५४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast