नेपाल प्रहरीका सई बालकृष्ण मृत भेटिए

हिमाल प्रेस ८ पुष २०८० १२:४९ | Sunday, December 24, 2023
नेपाल प्रहरीका सई बालकृष्ण मृत भेटिए सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीका एक जना सई भक्तपुरमा मृत भेटिएका छन्। आज आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका-८ सिपाडोल,टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। उनको मृत्युको कारण खुलिसकेको छैन।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा पुगेको थियो। शव पोष्टमार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पताल पुर्‍याइएको छ।

प्रकाशित: ८ पुष २०८० १२:४९ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast