क्रिसमस मनाउन गाउँपालिकाले दियो सार्वजनिक बिदा

हिमाल प्रेस ८ पुष २०८० ७:३७ | Sunday, December 24, 2023
क्रिसमस मनाउन गाउँपालिकाले दियो सार्वजनिक बिदा

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए।

सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।

प्रकाशित: ८ पुष २०८० ७:३७ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast