मुलुकमा परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा

हिमाल प्रेस ७ पुष २०८० १६:०० | Saturday, December 23, 2023
मुलुकमा परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्ने बताएका छन्।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी, समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्ने बताएका हुन्।

सभापति देउवाले पार्टीभित्र ‍मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविक रूपमा लिँदै पार्टीलाई एकताबद्ध गर्नु पर्नेमा जोड दिए।

अहिलेको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआए पनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै देउवाले यसमा नेताकार्यकर्ताको पनि ठूलो योगदान रहेको बताए।

प्रकाशित: ७ पुष २०८० १६:०० | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast