लमजुङ- नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्।
बेँसीसहर नगरपालिका-५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताएका हुन्।
उनले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताए।
प्रकाशित: ६ पुष २०८० २१:२१
प्रतिक्रिया