रुसले सशस्त्र सेनाको लडाइँ क्षमता बढाउँदैछ : पुटिन

हिमाल प्रेस ८ पुष २०७९ ६:१० | Friday, December 23, 2022
रुसले सशस्त्र सेनाको लडाइँ क्षमता बढाउँदैछ : पुटिन

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन्। पश्चिमी देश समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने राष्ट्रपतिले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हाम्रा सशस्त्र बलहरूको सशस्त्र बल र लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ। यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ त्यो वातावरण हामी निर्माण गर्नेछौं,’ पुटिनले देशका उच्च-पदाधिकारीहरूसँगको बैठकमा भनेका छन्।

जनवरीको शुरुमा एडमिरल गोर्शकोभ फ्रिगेटलाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसको बराबरको शक्तिशाली अर्को हतियार संसारमा उनको भनाइ छ। रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले सुसज्जित बनाउने थप प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

राष्ट्रपति पुटिनले आधुनिक वायु सुरक्षाले ढाकिएको क्षेत्रमा सञ्चालित लडाकु र बमवर्षकहरूको सङ्ख्या बढाउने पनि उल्लेख गरेका छन्। बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै रक्षामन्त्री सर्गेई शोइगुले रुसी सशस्त्र सेनाको सङ्ख्या बढाएर ६ लाख ९५ हजार बढाएर १५ लाख पुर्‍याउने प्रस्ताव गरेका छन्।

प्रकाशित: ८ पुष २०७९ ६:१० | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast