वर्तमान सरकार भ्रष्टहरूको अखडा बन्यो : शेखर कोइराला

हिमाल प्रेस ५ पुष २०८० १९:४३ | Thursday, December 21, 2023
वर्तमान सरकार भ्रष्टहरूको अखडा बन्यो : शेखर कोइराला

इटहरी- नेपाली कांग्रेसका डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भ्रष्टहरूको अखडा भएको बताएका छन्। सुनसरीको इनरुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा आएका कोइरालाले वर्तमान सरकार भ्रष्टहरूको अखडा रहेको बताएका हुन्।

मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएसँगै सुनसरी आएका उनले सरकारका मन्त्रीहरूले नै सहिष्णुता भड्काउने गैर जिम्मेवार अभिव्यक्ति दिँदै हिँड्न थालेको बताए।

देश र कांग्रेसलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरू लागेको उनले बताए।

प्रकाशित: ५ पुष २०८० १९:४३ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast