कांग्रेस मजबुत भएमात्रै मुलुकको विकास सम्भव छ : देउवा

हिमाल प्रेस ५ पुष २०८० १८:३७ | Thursday, December 21, 2023
कांग्रेस मजबुत भएमात्रै मुलुकको विकास सम्भव छ : देउवा

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको समूचित विकासका लागि नेपाली कांग्रेस मजबुत हुन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मधेस प्रदेशले आयोजना गरेको प्रथम सम्मेलनको उद्घाटन गर्दै देउवाले कांग्रेस मजबुत भए मात्रै मुलुकको विकास सम्भव रहेको बताएका हुन्।

उनले नेपाली कांग्रेसका लागि मधेश सदैव उर्वर भूमि रहेकाले आउने दिनमा समेत मधेशले कांग्रेसलाई मजबुत पारिरहेको विश्वास व्यक्त गरे। देउवाले अहिलेको निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलले बहुमत नल्याएकाले मुलुक र संघीयतालाई संस्थागत गर्न कांग्रेसलाई थप मजबुत बनाउन आग्रह गरे। आगामी दिनमा कांग्रेसले संविधान कार्यान्वयनका साथै संघीयता संस्थागत गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले प्रदेशलाई अधिकारसम्पन्न बनाउनका लागि सरकारले छिट्टै संघीय निजामति ऐन तथा प्रहरी समायोजन कार्यान्वयनका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले हिउँदे अधिवेशनभित्रै संघीयता संस्थागत गर्नका लागि आवश्यक कानूनहरु पारित गरिने जानकारी दिए।

प्रकाशित: ५ पुष २०८० १८:३७ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast