काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक बिहान ८ बजे बालुवाटारमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि आज बस्न लागेको हो। पदाधिकारी बैठक मंगलबार शुरु भएको हो। मंगलबारको अध्यक्ष प्रचण्डले कार्यसूची पेश गर्दै समसामयिक विषयमा धारणा राखेका थिए।
उनले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा पेश गरेका थिए। बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए।
बिहीबारको बैठकले विधान सम्मेलनको मिति तोक्ने र विधान मस्यौदा समिति बनाउने सचिव पौडेलले जानकारी दिए।
प्रकाशित: ५ पुष २०८० ७:३८ | Thursday, December 21, 2023
प्रतिक्रिया





