बेपत्ता भएको १३ दिनपछि पत्करले ढाकेको अवस्था भेटियो महिलाको शव

हिमाल प्रेस ४ पुष २०८० २१:४१ | Wednesday, December 20, 2023
बेपत्ता भएको १३ दिनपछि पत्करले ढाकेको अवस्था भेटियो महिलाको शव प्रतीकात्मक तस्बिर।

खोटाङ- १३ दिनदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१०, पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन्। गत मंसिर १९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन्।

पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ। श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मंसिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेको प्रहरीले जनाएको छ।

भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका छन्। बेपत्ताको खोजीका लागि परिवारले मंसिर २३ गते प्रहरीलाई खबर गरेका थिए। चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि ९ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइती घर फर्किएकी थिइन्। तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन्।

पवित्राको शव पत्करले छोपेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पवित्राको शव शंकस्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीको भनाइ छ। -रासस

प्रकाशित: ४ पुष २०८० २१:४१ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast