भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस ४ पुष २०८० २१:०० | Wednesday, December 20, 2023
भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : स्वास्थ्य मन्त्रालय फाइल तस्बिर

काठमाडौँ- सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताए।

उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ, कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आईसीयू), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिन्छ,’ उनले भने।

उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ। उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए।

उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमणको रोकथाम खोपले गर्ने बताए। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो। -रासस

प्रकाशित: ४ पुष २०८० २१:०० | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast