नेपाल क्लियरिङ हाउसका अध्यक्ष पौडेलले लिए शपथ

हिमाल प्रेस ४ पुष २०८० १४:४५ | Wednesday, December 20, 2023
नेपाल क्लियरिङ हाउसका अध्यक्ष पौडेलले लिए शपथ

काठमाडौँ– नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको बैठकले रामु पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

नवनियुक्त अध्यक्ष पौडेलले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो।

पौडेलसँग राष्ट्र बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि हुन्छ। क्लियरिङ हाउस राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

प्रकाशित: ४ पुष २०८० १४:४५ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast