काठमाडौँ- सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ मूल्य तोकेको छ।
पाँच सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ उखुको मूल्य पाउने भएका छन्।
सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्।
प्रकाशित: ४ पुष २०८० १४:१३ | Wednesday, December 20, 2023
प्रतिक्रिया





