निम्नमाध्यमिक सामाजिक शिक्षक : १८९ जनामात्र उत्तीर्ण

हिमाल प्रेस ४ पुष २०८० १०:४६ | Wednesday, December 20, 2023
निम्नमाध्यमिक सामाजिक शिक्षक : १८९ जनामात्र उत्तीर्ण

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले लिएको निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको सामाजिक विषयकाे परीक्षामा १८९ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। विषयगत परीक्षामा ५६५ परीक्षार्थी सम्मिलित थिए।

आयोगले सामान्य परीक्षा गत वैशाख ९ गते र विषयगत (सामाजिक) परीक्षा गत भदौ ९ गते लिएको थियो। सोही विषयको नतिजा आयोगले मंगलबार सार्वजनिक गरेको हो। परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

आयोगले सबै विषयको परीक्षाफल प्रदेशगत रूपमा प्रकाशन गरेको छ। सोही क्रममा मंगलबार सामाजिक विषयको नतिजा निकालेको हो।

आयोगका अनुसार सामाजिक विषयमा सबैभन्दा बढी गण्डकी प्रदेशबाट ४५ जना र सबैभन्दा कम मधेश प्रदेशबाट ९ जना उत्तीर्ण भएका छन्।

सुदूरपश्चिम प्रदेशबाट २३ जना, कर्णाली प्रदेशबाट १७ जना, लुम्बिनी प्रदेशबाट १९ जना, गण्डकी प्रदेशबाट ४५ जना, बागमती प्रदेशबाट ३२ जना, मधेश प्रदेशबाट ९ जना र कोशी प्रदेशबाट ४४ जना परीक्षार्थी सामाजिक विषयमा उत्तीर्ण भएको आयोगले जनाएको छ। नतिजा आयोगको बेवसाइटमा हेर्न सकिन्छ।

प्रकाशित: ४ पुष २०८० १०:४६ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast