पहिचानका नाममा अतिवाद लाद्‍ने कोसिस भइरहेको छ : प्रदीप ज्ञवाली

हिमाल प्रेस ३ पुष २०८० २१:१५ | Tuesday, December 19, 2023
पहिचानका नाममा अतिवाद लाद्‍ने कोसिस भइरहेको छ : प्रदीप ज्ञवाली प्रदीप ज्ञवाली/फाइल तस्बिर

भक्तपुर-  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन्। रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद  कार्यक्रममा उनले कसैलाई पनि निषेध गर्न खोज्न नहुने बताएका हुन्।

उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताए। उनले भने, ‘एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि संकल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो।’

जनता संघीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताए। मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले एनसेल करछलीको निष्पक्ष रूपमा छानबिनको माग गरे। रासस

प्रकाशित: ३ पुष २०८० २१:१५ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast