सूचना प्रविधि क्षेत्रमा आमूल परिवर्तनको तयारी गरिरहेका छौँ : सञ्चारमन्त्री

हिमाल प्रेस ३ पुष २०८० २०:३४ | Tuesday, December 19, 2023
सूचना प्रविधि क्षेत्रमा आमूल परिवर्तनको तयारी गरिरहेका छौँ : सञ्चारमन्त्री फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन्।

प्रविधि पत्रकार मञ्चसँगको अन्तरक्रियामा आज (मंगलबार) उनले प्रविधि सुहाउँदो हुने गरी कानुनी एवं भौतिक संरचना परिवर्तन गर्न आफूहरू निरन्तर लागि रहेकाले क्रमशः नतिजा पनि आउन थालेको बताइन्। सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको मन्त्री शर्माले जानकारी दिइन्।

नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी दिइन्। डिजिटल नेपाल फ्रेमवर्क बनेको ४ वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अंग डिजिटल नेपाल एक्सलेरेसन (डीएनए) प्रोजेक्टको पुनर्संरचना अन्तिम चरणमा पुर्‍याइएको उनले जानकारी दिइन्।

प्रकाशित: ३ पुष २०८० २०:३४ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast