उत्तरपश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १११ पुगेको छ।
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो।
२२० जना घाइते भएका बीबीसीले जनाएको छ। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ।
आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ। एजेन्सी
प्रकाशित: ३ पुष २०८० ८:१६ | Tuesday, December 19, 2023
प्रतिक्रिया



